हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

४८ घण्टाभन्दा बढी फाइल नरोक्न तथा पुँजीगत खर्च बढाउने योजना ल्याउन मन्त्री पौडेलको निर्देशन

प्रहार समाचार । काठमाडौं, १२ मङ्सीर २०८१ बुधवार । सरकारी कार्यालयका कर्मचारीले नागरिकका काममा गरेको ढिलासुस्ति प्रति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले असुन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री पौडेलले  नागरिकका काममा ४८ घण्टाभन्दा बढी फाइल नरोक्न कर्मचारीलाई निर्देशन समेत  दिएका छन् ।

मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले  यस्तो निर्देशन दिएका हुन् । “अर्थ, कानुन भनेर कुनै फाइल ४८ घन्टाभन्दा बढी रोकिन भएन, सरकारी कामको यो रवैया हुनु भएन,” मन्त्री पौडेलले भने ।

‘ पुँजीगत खर्च कम छ यसलाई बढाउनु पऱ्यो पुँजीगत खर्च कम हुनु गम्भीर समस्या भएकाले सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय बन्नु पऱ्यो । ‘ मन्त्री पौडेलले भने । यस्तै, १० दिनभित्र पुँजीगत खर्च बढाउने योजनासहित आउन पनि उनले कर्मचारीलाई निर्देशन दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button