प्रहार समाचार । तनहुँ, ११ मंसिर २०८१ मङ्गलवार । तनहुँको भानु नगरपालिकाले भूमि बैङ्क सञ्चालन गर्ने भएको छ।
एकातिर जमिन बाँझो रह्यो, के गर्ने होला भन्ने अन्यौल छ, अर्कातिर व्यावसायिक कृषि खेती र उद्योग तथा व्यवसाय गर्न चाहनेहरूले जग्गा नै नपाउने समस्या छ । यहि समस्याको हल गर्ने पालिकाले , भूमि बैंक कार्यक्रमले दुवैथरीको समस्याको हल निकाल्ने विश्वास लिएको छ।
भूमिबाट उत्पादन बढाउने र बाँझो राख्न नदिने योजना अनुसार भानु नगरपालिकाले भुमी वैक कार्यक्रम अगाडि वढाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । ‘ भुमी वैक भनेको त्यस्तो वैक हो यसमा आफ्नो जग्गामा खेती गर्न नचाहने वा नसक्ने जग्गा घनिले निश्चित भाडा वा शुल्कमा निश्चित समयका लागि आफ्ना शर्तहरु तोकेर भाडामा दिन चाहाने जग्गा घनिले आफ्नो बाझो जग्गा भानु नगरपालिकामा दर्ता गर्नु पर्दछ। ‘ नगर प्रयुक त्रिपाठीले भने ।
नगरपालिकाले दर्ता भएका जग्गाहरु खेती गर्न चाहाने इच्छुक लगानी कर्ताहरुलाइ निश्चित शुल्क,समय र सर्त तोकेर खेती गर्न दिइने पालिकाले जनाएको छ। यसो गर्दा जग्गा घनिले आफ्नो जग्गाको शुल्क पाउने छन् भने खेती गर्न चाहानेले निश्चित समयका लागि जग्गा भाडामा पाउने प्रमुख प्रशासकीय अधिकृत दिवाका पौडेलले बताए ।
आफ्नो खेती योग्य बाझो जग्गा भाडामा दिन चाहाने जग्गा घनिहरुले पालिकामा सम्पर्क राख्न पालिकाले सूचना मार्फत आग्रह गरेको छ।
























