प्रहार समाचार । वीरगञ्ज, ११ मंसिर २०८१ मङ्गलवार । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भएको आरोपमा दुई जना आरोपितलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
तस्बिर : संङ्केतिक

कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा प्रहरीले उनिहरुलाई ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगर–१६ स्थित इनर्वागाउँबाट सन्तोष दास तत्मा र हरिशङ्कर शर्मा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्साल जानकारी दिए । दुवै जनालाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको छ। ज
























