हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा रहेका समस्या र यसका सम्भावित समाधानबारे सुझाव माग

प्रहार समाचार । काठमाडौँ ६ साउन २०८१ आइतबार । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा रहेका समस्या र यसका सम्भावित समाधानबारे सुझाव मागेका छन् । 

सामाजिक संजालमा लेख्दै पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै समस्या र चुनौती रहेको भन्दै प्रणालीगत सुधार, नयाँ प्रविधिको प्रयोग, अल्पकालीन र दीर्घकालीन योजना निर्माणमा सुझाव दिन आग्रह गरेका हुन् । 

‘स्वास्थ्य क्षेत्रमा धेरै समस्या र चुनौतीहरू छन् । ती समस्याको एक एक गर्दै समाधान खोज्न र अहिलेको अवस्थालाई सुधार गर्न तथा विकसित हुँदै आएका नयाँ प्रविधि र उपचार विधिहरूको अवलम्बन गर्न नीतिगत र प्रणालीगत सुधारको खाँचो छ । यसका लागि समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत रुपमा विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्छ। ती योजनाहरू निर्माण गर्न, हामी सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्न आवश्यक छ,’ पौडेलले भनेका छन्, ‘यसका लागि, स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने छौं । त्यसैले, समग्र स्वास्थ्य प्रणाली भित्र रहेका प्रमुख समस्याहरू के-के हुन् ? ती समस्याका सूची भित्र पनि प्राथमिकताका विषय के-के हुन् ? र, तीनको समाधान कसरी गर्ने रु जस्ता सवालहरूको तत्कालीन र दीर्घकालीन समाधानका लागि के( कस्ता योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा यहाँहरूको रचनात्मक सुझावको अपेक्षा गरेको छु ।’

स्वास्थ्य क्षेत्रको सुधार तथा सेवा प्रवाहलाई मर्यादित, पारदर्शी, सहज र सर्वसुलभ बनाउने आफूहरूको उद्देश्य रहेको पौडेलको भनाइ छ । 

स्वास्थ्यमन्त्रीले [email protected] इमेल आईडी र वाट्सएपमार्फतमा 9849119261 सचिवालयमा  सुझाव दिन आग्रह गरेका हुन् । लोकान्तर अनलाईनबाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button