हेडलाईनसमाचारप्रदेश

नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्याङ्कर ठोक्किँदा १६ घाइते

प्रहार समाचार । चितवन ५ साउन २०८१ शनिवार । नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन्।

चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा शनिबार  भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्।  नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

उपचाररत घाइतेहरुको नाममा वली यसप्रकार रहेको छ :

१) बस चालक बारा निजगढ नगरपालिका–१३ बस्ने वर्ष ४१ को लाल बहादुर घलान (अवस्था मध्यम)

२) सहचालक तनहुँ भानु नगरपालिका–१ बस्ने वर्ष ३९ को राजेन्द्र क्षेत्री (मध्यम)

३) बसमा सवार भरतपुर–१६ बस्ने वर्ष २६ का विनिता सुवेदी आचार्य (मध्यम)

४) विनिता सुवेदी आचार्यको छोरा वर्ष ४ विप्लव आचार्य (मध्यम)

५) तनहुँ बन्दीपुर गाउँपालिका–१ बस्ने बर्ष ५३ को बद्रिकुमार श्रेष्ठ (मध्यम)

६) बद्रिकुमार श्रेष्ठको श्रीमती वर्ष ५३ का सृजना श्रेष्ठ (गम्भीर)

७) भानु–४ बस्ने वर्ष ४१ का सृजना रानाभाट (मध्यम)

८) सोही ठाउँ वर्ष २५ का अमृता रानाभाट (मध्यम)

९) तनहुँ ब्यास नगरपालिका–१२ बस्ने वर्ष ६० को झलकबहादुर थापा (मध्यम)

१०) म्याग्दी गाउँपालिका–१ बस्ने वर्ष ३३ का मनमाया आले (मध्यम)

११) मनमाया आलेका छोरा वर्ष ७ को रिषभ आले (मध्यम)

१२) तनहुँ व्यास–१ बस्ने वर्ष २९ का अमृता थापा (मध्यम)

१३) लमजुङ सुन्दर बजार–१० बस्ने वर्ष ३२ को पदम भुजेल (मध्यम)

१४) तनहुँ ब्यास–१ बस्ने वर्ष ४३ का कमला माया थापा (मध्यम)

१५) तनहुँ व्यास–६ बस्ने वर्ष २७ को निरज गिरी (मध्यम)

१६) निरज गिरीको छोरा वर्ष ५ को सुलभ गिरी (सामान्य) रहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button