हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

चार प्रदेशमा भारी बर्षाको सम्भावना : आवश्यक सतर्कता अपनाउन अनुरोध

प्रहार समाचार । काठमाडौँ ५ साउन २०८१ शनिबार । हाल देशभर मनसुनी वायुको प्रभावका कारण आज बिहानै देखि देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले  कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र कोशी,  बागमती,  गण्डकी,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी,बागमती, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ।

चार प्रदेशमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button