हेडलाईनव्याससमाचारगण्डकी

आदिकवि भानुभक्त क्याम्पसको नीति, कार्यक्रम,  योजना र बजेट तर्जुमा  बैठक सम्पन्न

प्रहार समाचार । तनहुँ ४ साउन २०८१ शुक्रबार । आदिकवि भानुभक्त क्याम्पसको आथिक बर्ष २०८१/ ०८२ को आर्थिक नीति, कार्यक्रम,  योजना र बजेट तर्जुमा उपसमितिको बैठक  शुक्रबार सम्पन्न भएको छ।

बैठक क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं उक्त उपसमितिका संयोजक बुद्धिमान श्रेष्ठको अध्यक्षतामा भएको थियो। बैठकको पहिलो खण्डमा क्याम्पसको गत आर्थिक वर्षकोक्याम्पसका लेखा अधिकृत विष्णुप्रसाद रिजालले पेश गरेको गत आ.व. ०८०/०८१ को आर्थिक नीति, कार्यक्रम र योजना र  आम्दानी  खर्चको प्रगति प्रतिवेदन माथि छलफल भएको थियो।

बैठकको दोस्रो खण्डमा लेखा अधिकृत रिजाल द्वारा ले प्रस्ताव गरिएको आगामी आर्थिक वर्ष २०८१ /८२ को आर्थिक नीति कार्यक्रम योजना र बजेटसमेटिएको प्रस्ताव माथि छलफल भएको थियो। उक्त बैठकमा क्याम्पसको आर्थिक समितिका संयोजक गोपाल सुर्खाली निर्माण समितिका अध्यक्ष क्याप्टेन सहवीर उचाइ, क्याम्पस प्रमुख महाप्रसाद हडखले, आइक्युएसी प्रमुख विश्वेश्वर तिमल्सेना, प्राध्यापक सङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेत, विभागीय प्रमुखहरू,  प्राध्यापक, कर्मचारी,  स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी क्लबका पदाधिकारी सदस्यहरूले सुझाव राखेका थिए ।

बैठकमा छलफलमा पेश भएका  नीति, कार्यक्रम , योजना र बजेटलाई भोली बिहान  क्याम्पसमा बस्ने क्याम्पसको कार्यसम्पादन समितिको बैठकमा थप छलफलका लागि पेश गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको क्याम्पसले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button