हेडलाईनव्याससमाचारगण्डकी

बाढिले  पाईप बगायो : भादगाउँ खानेपानीको आपूर्तिमा अवरोध

प्रहार समाचार । तनहुँ ३ साउन २०८१ बिहीबार । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्दै आइरहेको खानेपानी आपूर्तिमा अवरोध आएको छ।

१४ किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याएको मुख्य खानेपानीको जिआइ र एचडिपी पाइप बाढिले बगाएपछि एकसाता देखि पानी आपूर्तिमा कठिनाइ भएको हो।

असार महिनाको अन्तिम साता परेको अबिरल बर्षापछि गएको बाढिले  खानेपानीको मुहानमा जाने बाटो नै पहिरोले बगाएपछि तथा खानेपानीको पाइपमा क्षति पुऱ्याएपछि  पानी सुचारु कार्य रोकिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए । 

संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठ खानेपानीका चार जना कर्मचारी र बाह्य दैनिक ज्यालादारीका  नौ जनागरि  दैनिक तेह्र जना कामदारले मर्मतसंम्भारका काम गर्दै आइरहेको बताए ।

अहिले बढीले  पुरिएका पाइप खोजी गरी निकालेर पुनः प्रयोग गर्ने कार्य भैरहेको संस्थाले जनाएको छ । 

बाढीले झण्डै ५० मिटर पाइपमा क्षति पुऱ्याएको  छ । 
लामो दुरी र भौगोलिक विकटताका कारण काम गर्न कठिनाई र ढिलाई भएको संस्थाले जनाएको छ ।

संस्थाले साना ठूला गरी चार वटा योजनाबाट पानी संकलन मार्फत व्यास–१ र १२ का केही घरपरिवारमा गरी २ हजार ६ सय ८० घरधुरीमा पानी आपूर्ति गर्दै आएको थियो । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button