प्रहार समाचार । तनहुँ ३ साउन २०८१ बिहीबार । जिल्लामा गैद कानुनी रुपया जुवा तास खेल्ने जुवाडेहरुलाई तनहुँ प्रहरीले दोहोलो काड्न थालेको छ। यसै परिप्रेक्षमा पछिल्लो समय बुधबार तनहुँको शुक्लागण्डकी नगरपालिका– ७ नमुना भोटेपानी टोलमा जुवातास खेलिरहेको अवस्थामा १६ जना जुवाडे पक्राउ परेका छन् ।

स्थानिय रेख बहादुर थापा मगरको घरमा अबैध रुपमा हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी रेख बहादुर थापा मगर सहित अमृत सारु, मुक्त बहादुर राना, डोल बहादुर राना, विष्णु थापा, अशोक कुमाल, डम्बर बहादुर थापा, देविराम गुरुङ, राजेन्द्र ढुङ्गाना, चेत प्रसाद सिग्देल, उदय कुमार भुजेल, गणेश बहादुर दर्लामी, सुदिप नेपाली, मदन थापा, सागर परियार र रितु भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ डिएसपी दीपक कुमार रायले जानकारी दिए।
जुवाखालबाट प्रहरीले ६ बुक तास र ६९ हजार ९ सय ६० रुपैयाँ बरामत गरेको छ।। पक्राउ गरिएका जुवाडेलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान कार्य भई भइरहेको प्रहरीले जनाएको छ।
























