प्रहार समाचार । तनहुँ २ साउन २०८१ बुधबार । तनहुँको व्यास नगरपालिका–३ सफासडकस्थित जिआर इलेक्ट्रोनिक्सले वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखालाई वाटर प्युरिफायर सहयोग गरेको छ ।

इलेक्ट्रोनिक्सले छैटौ वार्षिकोत्सवको अवसरमा शाखालाई पानी शुद्धिकरणका लागि वाटर प्युरिफायर सहयोग गरेको हो ।
इलेक्ट्रोनिक्सका सञ्चालक गौरव खड्काले मङ्गलबार शाखा अध्यक्ष उज्वल पौडेललाई उक्त प्युरिफायर हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत शाखालाई सहयोग गरेको बताए । खड्काले भने ‘ सानो सहयोगले पत्रकार महासंघमा पुग्ने जोकोहिलाई पनि सजिलैसंग सफा र शुद्ध पानी उपलब्ध हुने उद्देश्यले सहयोग गरेको हुँ।

























