प्रहार समाचार । तनहुँ २ साउन २०८१ बुधबार । तनहुँको व्यास नगरपालिका वडा नं २ वडा कार्यालयले विगतका वर्षहरु जस्तै यस बर्ष पनि डंगु नियन्त्रण तथा रोकथामका लागि सचेतनामुलक कार्यक्रम सहित ‘खोज र नस्ट गर’ अभियान शुरु गरेको छ। व

बिगतमा जस्तो दुर्घटना र जोखिमबाट सचेत र सतर्क रहन व्यास २ अन्तरगत रहेका टोलहरुमा गई केराबारी स्वास्थ केन्द्र , स्वयम सेविकाहरु , टोलका अध्यक्ष,आमा समुह र जन प्रतिनिधिहरु सहितको सहभागितामा सचेतनामुलक कार्यक्रम सहित खोज र नस्ट गर अभियान आजबाट शुरु गरियको व्यास २ का वडा अध्यक्ष काशिराम श्रेष्ठले बताए ।
लामखुट्टे र लार्भा लाई नियन्त्रण गर्न घर वरपर जमेका पानीका खल्डा खुल्डि, झाडि, नाला सर-सफाई को कामलाई यस जोखिम अवधीभर सबै जना सचेत भएर, सभ्य बनेर आफ्नो नजिकको सम्भावित जोखिम स्थानहरुमा लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यमा सहयोग पुऱ्याउन वडा वडा सदस्य सुरेश वाग्लेले आग्रह गरेका छन्। ग
व्यास २ अन्तर्गत रहेका सबै सामुदायिक, संस्थागत विद्यालयहरुमा अध्यायनरत सम्पूर्ण विद्यार्थीहरु, अभिभावक ,शिक्षक / गुरुवर्ग लगायत सम्पुर्णमा सचेत र सतर्क रहन पनि वडा कार्यालयले अनुरोध गरेको छ ।

























