हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम यस्तो रहने

प्रहार समाचार । काठमाडौँ १ साउन २०८१ मंगलबार ।आज बिहानैदेखि देशभर साधारणतया बदली रहेको छ भने मधेश, बागमती, गण्डकी  प्रदेशका केही र  कोशी प्रदेशको थोरै स्थानरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश, कर्णाली  र  सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी प्रदेशको एक दुई  स्थानमा  भारी  वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 उता बागमती, गण्डकी  र सुदूर पश्चिम प्रदेशका एक दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको  महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button