हेडलाईनसमाचारप्रदेश

नेकपा (एमाले) ले मन्त्रीको नामावली टुंगो लगायो

प्रहार समाचार । काठमाडौँ ३१ असार २०८१ सोमबार ।  नेकपा (एमाले) ले को बैठकले मन्त्रीमण्डलमा जाने पदाधिकारीहरुको नाम  टुंगो लगाएको छ।  एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री, खोटाङका मानवीर राई रक्षा मन्त्री,  देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री टुंगो लागेको एमालेका एक पदाधिकारीले  जानकारी दिए ।

त्यसैगरी विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने टुंगो लागेको छ। एमालेले बलराम अधिकारी र दामोदर भण्डारीलाई दोहोर्‍याउने भएको छ। अधिकारी भूमि व्यवस्था र दामोदर भण्डारी उद्योग मन्त्री बन्ने टुंगो लागेको हो ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदै छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button