हेडलाईनसमाचारप्रदेश

राजनीतिक स्थायित्व , अर्थतन्त्रमा सुधार  नयाँ प्रधानमन्त्रीका प्रतिवद्धता

प्रहार समाचार । काठमाडौँ ३१ असार २०५८१ सोमबार ।  राजनीतिक स्थायित्व , अर्थतन्त्रमा सुधार , संविधानका कमजोरी सुधार र, नागरिकलाई छिटो छरितो डेलिभरी दिनेलगायत प्रतिबद्धता जनाउँदै  प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।​

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले ​पदभार सम्हालेका हुन् ।​यसअघि उनी शपथपछि लैनचौरको शहीद स्मारक र नेकपा एमालेको  केन्द्रीय कार्यालय च्यासल पुगेर शहीद र पार्टीका संस्थापक  नेताहरूको फोटोमा माल्यार्पण गरेका थिए ।


प्रधानमन्त्री कार्यालयमा सचिवसहितका कर्मचारीले ओलीलाई स्वागत गरेका छन् । ओलीको स्वागतमा ब्राम्हणहरू स्वस्ति वाचन मन्त्रोच्चारण गरेका थिए ।

ओलीलाई प्रधानमन्त्रीको कार्यालयमा निमित्त मुख्य सचिव लीलादेवी गड्तौलाले टीका मालासहित स्वागत गरेकी थिइन् ।ओली यसअघि २०७२, २०७४ र २०७८ मा गरी तीनपटक प्रधानमन्त्री भएका थिए । 

ओलीले दोस्रोपटक नेकपाकालीन समयमा झण्डै दुई–तिहाई बहुमतको हाराहारीको सरकारको नेतृत्व गरेका थिए ।यसपटक पहिलो ठूलो दल नेपाली कांग्रेसको समर्थन र सहभागितापछि नेकपा (एमाले)का अध्यक्ष ओली दुई–तिहाई मतसहितको प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री भन्न जति सहजता भएतापनि देशको बिग्रेको अर्थतन्त्र, नागीकमा उब्जिएको नैराश्यता तथा बन्द उद्योगधन्दा कारखाना कथा संस्थागत भ्रष्टाचारको अन्त्य गर्नु ओलीलाई फलामको च्यूरा चपाउनु सरह हुने विश्लेशकको भनाई छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button