प्रहार समाचार । कर्णाली, ३१ असार २०८१ सोमबार । कर्णाली प्रदेश सरकारले भोलि (मंगलबार) साउन १ गते ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार भोली साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी जनाएको छ।
























