प्रहार समाचार । काठमाडौँ,३० असार २०८१ आईतबार । सत्ता साझेदार दल नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएसंगै एमाले र नेपाली कांग्रेस बीच आईतबार मन्त्रालय भागबण्डा टुङ्ग्याईएको छ ।

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने श्रोतले बतायो ।
त्यसै गरि नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिने गरि मन्त्रालय भागबण्डा टुंगिएको श्रोतको दाबी छ। तर व्यक्तिहरु भने अहिलेसम्म टुङ्गोलाग्न सकेको छैन । सोमबार बिहानसम्ममा दुबै दलका मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी रहेको श्रोतले बतायो ।
























