हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार: अन्य दुईको मृत्यू

प्रहार समाचार । अमेरिका ३० असार २०८१ आईतबार । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन् भने अर्का दुईको मृत्यू भएको छ।

ट्रम्पको अनुहारमा गोली लागेको तस्वीरमा देख्न सकिन्छ । अमेरिकाको पेन्सिल्वेनियामा नेपाली समयअनुसार आइतवार भएको एक र्‍यालीमा उनीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । लडेका उनलाई गुप्तचरहरूले उठाएका थिए ।
ट्रम्पलाई उठाएर गाडीमा हालिएको थियो । अनि नजिकैको अस्पतालमा लगिएको थियो । 

गोली लागेर घाइते हुनका बाबजुद ट्रम्प मुठ्ठी उठाएर समर्थकको उत्साह भरिरहेका थिए ।  गोली लागेका ट्रम्पको अवस्था सामान्य रहेको बीबीसी हिन्दीले जनाएको छ । 

गोली प्रहारमा संग्लग्नको आशंका गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको मृत्यु भएको समाचारमा उल्लेख छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button