हेडलाईनसमाचारगण्डकी

लमजुङका  वडा अध्यक्ष तामाङ  नेतृत्व विकासमा युवा सहभागी तर्फ गण्डकी प्रथम

• विजय अधिकारी/ लमजुङ ३० असार २०८१ आईतबार । लमजुङको दोर्दी गाउँ पालिका वडा नम्बर – ९ , हिलेटक्सारका वडा अध्यक्ष आशीष तामाङ गण्डकी प्रदेश युवा सशक्तीकरण तथा नेतृत्व विकासमा युवा सहभागिता तर्फ प्रथम भएका छन ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न क्षेत्रमा विशेष योगदान गरेका युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रममा तामाङ छनौट हुन सफल भएका हुन् ।


गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एक सूचना प्रकाशित गरि जारी विभिन्न विधाका प्रस्तावहरुमा जाँच बुझ तथा मुल्यांकन गर्दा दोर्दी गाउँ पालिकाका – ९ का  वडा अध्यक्ष आशिष  तामाङ “युवा सशक्तीकरण तथा नेतृत्व विकासमा युवा सहभागिता तर्फ ” प्रथम भएका  सामाजिक विकास मन्त्रालयका  उप-सचिव प्रकाश देवकोटाले बताए ।


विशेष योगदान गरेका युवा प्रतिभाहरुका लागि आव्हान गरिए बमोजिम पेश हुन आएका प्रस्तावमा जाँच बुझ तथा मुल्यांकन  गर्दा वडा अध्यक्ष तामाङ सहित ८ विधामा १३ जना सम्मान सहित पुरस्कृतका लागि छनौट भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका उप-सचीव देवकोटाका अनुसार ८ वटा विधामा उत्कृष्ट भएकाहरुलाई  विशेष कार्यक्रमको आयोजना गरि सम्मान तथा पुरस्कार प्रदान गरिने मन्त्रालयले तयारी गरेको बताए  ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button