हेडलाईनसमाचारप्रदेश

प्रधानमन्त्रीमा नियुक्त हुँदै ओली : बन्द हुने भए भ्रष्टाचारीका फाईल

प्रहार समाचार । काठमाडौ ३० असार २०८१ आईतबार । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई आज (आइतवार) साँझ प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढ्ने उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि असार ३० अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान  गरेका थिए ।

सो आव्हानअनुसार एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका छन् । यसै बिच ठूला भ्रष्टाचारीका नाईके एक दुई जना पक्रिने बित्तिकै प्रचण्ड सरकार ढलेपछि अव ठूला भ्रष्टाचारीहरुको फाईल बन्द हुने भएका छन् । लहरो तान्दा पहरो थरकिन्छ भनेझै अहिले आफू र आफ्ना समातिने भएपछि २४ घण्टामा नै प्रचण्ड सरकार ढल्न पुगेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button