प्रहार समाचार । पोखरा २८ असार २०८१ शुक्रबार । गए राती परेको अविरल वर्षाकाकारण आएको पहिरोमा परि पोखरामा १० जनाको मृत्यू भैसकेको छ। पछिल्लो समाचार अनुसार पोखरा महानगरपालिका ३२ चैनपुरमा गएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुनेमा अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र ९ वर्षीय प्रतिक सुवेदी छन् । गएराति २ बजेतिर पहिरो खस्दा आरति ओझाको घर पुरिएको र उक्त घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गएराति गएको अर्को पहिरोमा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भै सकेको छ।थ
























