हेडलाईनसमाचारगण्डकी

डिभिजन वन कार्यालयका उत्कृष्ट कर्मचारी सम्मानित

• विजय अधिकारी/ लमजुङ २८ असार २०८१ शुक्रबार ।लमजुङको डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।
डिभिजन वन कार्यालयले हिंजो आयोजना गरेको बार्षिक समिक्षा , पन्चवर्षिय बन ब्यबस्थापन कार्ययोजना मस्यौदा उपर छ्लफल र सार्वजनिक सुनुवाइ कार्यक्रमको अवशरमा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने कर्मचारीहरुमा डिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत एवं सूचना अधिकारी सन्तोष पन्त , लेखा अधिकृत बिष्णुहरि न्यौपाने , सव डिभिजन वन कार्यालय मध्यनेपालमा कार्यरत वन रक्षक इन्द्रबहादुर घर्ती , सव डिभिजन कार्यालय राइनास – दुधपोखरी मा कार्यरत फरेस्टर खुमराज थापा र डिभिजन वन कार्यालयका सवारी चालक रामजी वास्ताकोटी रहेका छन् ।


सम्मानित हुनेहरुलाई जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्ण बहादुर गुरुङ र डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दिपक प्रसाद पन्डितले संयुक्त रूपमा प्रशंसा पत्र र टीका लगाइ सम्मान गरे।


डिभिजन वन कार्यालय लमजुङले प्रत्येक वर्ष चालू आर्थिक वर्षको अन्त्यमा उत्कृष्ट कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्दै आइरहेको डिभिजन वन अधिकृत दिपक प्रसाद पन्डितले जानकारी दिदै वन संरक्षण कार्यालय बाट भएका निर्देशनको कार्यपालना , कुशल नेतृत्व गरि वन संरक्षण , सम्वर्धन  र व्यवस्थापनको जिम्मेवारीमा रहेका कर्मचारीहरुलाई हौसला प्रदान गर्न र उनीहरुको मनोबल बढाउन सम्मान गरिएको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button