हेडलाईनसमाचारगण्डकीम्याग्दे

राष्ट्रिय झण्डा नै उल्टे राख्ने तनहुँको म्यादे गाउँपालिका

प्रहार समाचार । तनहुँ, २७ असार २०८१ बिहिबार । तनहुँको म्याग्दे गाउँपालिकाले आफ्नो पालिकाको १६ औं गाउँसभामा एउटा अठौंठो र राष्ट्रको शिर झुकाउनु पर्ने दृश्य देखियो । त्यो हो हाम्रो देशको राष्ट्रिय झण्डा नै टेबलमा उल्टो राखिएको ।पालिकाको १६ औँ गाउँसभाको बैठक नं ३ ( बजेट स्वीकृति कार्यक्रमको प्रत्यक्ष प्रसारण ) को कार्यक्रममा पालिकाका सचिव (प्रमुख प्रशासकीय अधिकृत ) को टेबलमा राखिएको सानो राष्ट्रिय झण्डा उल्टो राखिएको थियो । तस्विर : पालिकाको फेसबुक पेज । ( हेरौं तस्विर आफै बोल्छ ।)

राष्ट्र ,राष्ट्रियता सँग जोडिएको नेपालको राष्ट्रिय झण्डालाई सही तरिकाले राख्न नजान्ने पालिकाको व्यवस्थापनलाई अर्थपूर्ण रूपबाट हेरिएको छ। एउटा राष्ट्रिय झण्डालाई त उचित तरिकाले राख्न/ व्यवस्थापन गर्न नसक्ने पालिकाका व्यवस्थापकले करोडौंको बजेटलाई के कसरी व्यवस्थापन गर्लान् ? ठूलो प्रश्न चिन्ह खडा भएको छ। कार्यक्रममा उल्टो झण्डा राखिएकोमा पालिकाकै फेसबुक पेजमा कमेन्ट गर्दै भगवान त्रिपाठीले लेखेका छन् ” कम्तिमा झन्डा त सुल्टो राख्नुपर्छ ।” पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत ,त्यतिका सदस्य , कर्मचारी, शुरक्षाकर्मी कसैको पनि उल्टे झण्डामा ध्यान नजानु विढम्बनाको विषय भएको बताइन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button