हेडलाईनसमाचारगण्डकी

बेसीशहर नगरपालिकाको ७५ करोड ७२ लाख ७३ हजारको बजेट स्वीकृत

• विजय अधिकारी/ लमजुङ २७ असार २०८१ बिहिबार । लमजुङकोबेसीशहर नगरपालिकाले आ.व.२०८१/०८२ का लागि ७५ करोड ७२ लाख ७३ हजारको बजेट स्वीकृत गरेको छ ।

बेसीशहर नगरपालिकाको गत असार १०  गते बाट शुरु भएको नगरसभाको १५ औं अधिवेशनले आ.व. २०८१/०८२ का  लागि ७५ करोड ७२ लाख ७३ हजार को बजेट , योजना , निति र कार्यक्रम शुझाब सहित असार २६ गते बुधबार पास गरेको  हो ।
बेसीशहर नगरपालिका उप प्रमुख पदमा गुरुङले नगर स्तरीय र वडा स्तरीय योजना प्रस्तुत गर्दै चालू तर्फ ४४ करोड , ५६ लाख , ६९ हजार र पुजिगत तर्फ ३१ करोड  १६ लाख ४ हजारको बजेट प्रस्तुत गरेकी थिइन्। उनले प्रस्तुत गरेको योजनामा नगरपालिका तर्फ विभिन्न शिर्षकमा २ सय  ६३ र वडा गत रूपमा ३ सय ४ वटा योजना रहेका छन् । त्यस्तै राजश्वका विभिन्न शिर्षक बाट २२ करोड ८० लाख २५ हजार र अन्तर सरकारी वित्तीय हस्तान्तरण बाट ५२ करोड ९२ लाख ४८ हजार रुपैयाँ आए हुने अनुमान गरिएको छ ।
बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा अर्यालले निर्णयका लागि प्रस्तुत गरेकोआर्थिक वर्ष २०८१/०८२ को बजेट,योजना , निति र कार्यक्रम  बेसिुशहर नगरपालिकाको विनियोजन विधेयक २०८१ कार्यपालिकाले गरेको निर्णय लगायत ४५ वटा निर्णयहरु नगरसभाले सर्व सम्मत रूपमा पारित गरेको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले आवश्यकता र प्राथमिकताका आधारमा विना भेदभाव , पक्षपात रहित रूपमा नगरको समृद्धिका लागि निति , कार्यक्रम , योजना , बजेट प्रस्तुत भइ पारित भएको बताउदै केन्द्रबाट बजेट कटौती गरिएकोले नगरवासिको अपेक्षा अनुसार योजना निर्माण गर्न नसकीएको नगर सभामा जानकारी गराए ।


बजेट प्रस्तुतिकरण कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल , बेसीशहर नगरपालिकाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु , नगरपालिकाका  शाखा प्रमुखहरू लगाएतको उपस्थित रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button