प्रहार समाचार । काठमाडौँ,२७ असार २०८१ बिहिबार ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था लागू नगर्न गृह मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिने निर्णय गरेको छ । यो निर्णय संगै वृद्ध बृद्धाहरुलाई ठूलो राहत हुने भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।उनका अनुसार परिचयपत्र बनाउन जिल्ला जिल्लामा असहजता भएकोले त्यसलाई लागू नगर्न निर्देशन दिइएको हो ।
सरकारले पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुनुपर्ने निर्णय गरेको थियो । यो निर्णय प्रति जन गुनासो बढेको थियो । यो निर्णय बाट सरकार पछि हटेको हो।
























