• विजय अधिकारी / लमजुङ २७ असार २०८१ बिहिबार । लमजुङको दोर्दी गाउँ पालिका वडा नम्बर ७ , फलेनीमा रहेको नवनिर्मित फलेनी स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । दोर्दी गाउँ पालिकाका अध्यक्ष युवराज अधिकारीले एक कार्यक्रमका विच बिहिबार फलेनी स्वास्थ्य चौकी भवनको समुदघाटन गर्दै गाउँघरमा नै स्वास्थ्य सेवा उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गर्दै जनताको स्वास्थ्यमा स्थानिय तह गम्भिर भएर लागेको बताए ।


फलेनी स्वास्थ्य चौकी भवन आ.व. २०७७/ ०७८ मा भ्याट सहित रु.७८ लाख २२ हजार ६ सय ५ रुपैयाँ ७६ पैसामा ठेक्का भइ भैरव जेभीले निर्माणकार्य शुरु गरेको थियो भने आ.व. २०८०/०८१ मा भ्याट सहित रु.६४ लाख ७० हजार ७ सय ७९ रुपैयाँ ५७ पैसा लागतमा उक्त भवन सम्पन्न गरेको हो ।

संघिय विशेष अनुदान तर्फ बाट निर्माण गर्नु पर्ने फलेनी , ढोडेनी , पाचोक र श्री मन्ज्याङ स्वास्थ्य चौकीहरुमा प्रयाप्त बजेट प्राप्त गर्न नसक्दा केही समय अलपत्र अवस्थामा रहेका उक्त स्वास्थ्य चौकीहरु पछील्लो समयमा दोर्दी गाउँ पालिकाले आर्थिक स्रोत जुटाएर भवन सम्पन्न गरेको स्वास्थ्य शाखा प्रमुख आइतमान गुरुङले बताए ।
फलेनी स्वास्थ्य चौकी भवन उदघाटन कार्यक्रममा दोर्दी गाउँ पालिका वडा नम्बर ७ फलेनिका वडा अध्यक्ष रीसमाया गुरुङ , कार्यपालिका सदस्य गङ्गा गुरुङ , स्वास्थ शाखा प्रमुख आइतमान गुरुङ , रोजगार संयोजक धर्मराज गुरुङ , वडा सदस्य मेघराशि गुरुङ , प्राविधिक सन्तोष गुरुङ , स्वास्थ्य चौकीका कर्मचारीहरु , स्वास्थ्य स्वयं सेविकाहरु र स्थानीयहरुको उल्लेख्य उपस्थित रहेको थियो ।
























