हेडलाईनसमाचारप्रदेश

बझाङ निर्वाचनमा नेकपा एमालेका उम्मेदवार  भण्डारी निर्वाचित

प्रहार समाचार । बजाङ , बैशाख १७ । बझाङ प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा भण्डारीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गरेका हुन्।

एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्दि कांग्रेसका सिंह ११ हजार ३४३ मा सीमित रहे । भण्डारी र सिंहको मतान्तर २६६ मात्र रहेको छ ।
२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए ।

नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका भण्डारी नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर समाज सुधारका काममा लागेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button