हेडलाईनसमाचारगण्डकीसाहित्यप्रदेश

द्धितीय राष्ट्रिय लेखक दिवस दमौलीमा मनाइयो : साहित्य विकासमा राज्यको सहयोग हुनुपर्नेमा वक्ताहरुको जोड 

प्रहार समाचार । तनहुँ, बैशाख १६ । नेपाली लेखक संघ तनहुँले आज आफ्नो द्धितीय राष्ट्रिय लेखक दिवस विभिन्न कार्यक्रमकासाथ मनाएको छ। संघ द्वारा दमौलीमा आयोजित साहित्यिक अन्तरकृया, रचना वाचन तथा सृष्टा सम्मान कार्यक्रमका वक्ताहरुले साहित्यको विकासमा राज्यको सकारात्मक सहयोग हुनुपर्नेमा साहित्यकारहरुले जोड दिएका छन् ।


कार्यक्रममा सहभागी साहित्यकारहरुले रचनापाठ सहित साहित्यको विकासमा राज्यको सवै तहबाट सकारात्मक पहल हुनुपर्नेमा जोड दिए । साहित्यले जहिल्यै सुशासन कायम गर्न र वेथिति विरुद्ध आवाज उठाउने भएकोले राज्यको प्राथमिकतामा पर्न नसकेको महशुस भएको साहित्यकार काशिनाथ न्यौपानेले बताए ।
गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार गौकुमारी न्यौपानेले भनिन् – ‘‘राज्यको सहयोग भुईतहका  मान्छेलाई हुनुपर्छ भनेर नै हामीले आफ्नो सृजनाबाट भन्ने गर्छौ । त्यसैले पनि राज्यले साहित्यको विकासमा जोड दिन आवश्यक छ ।’’
कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समाजलाई र राज्यलाई सकारात्मक दिशाबोध गर्न साहित्यकारको भूमिका रचनात्मक हुने बताए ।
साहित्यिक विकासकालागि व्यास नगरपालिकाको सहयोग रहदैं आएको समेत नगरप्रमुख न्यौपानेको भनाई थियो ।
साहित्यकारहरुको सृजना विकासमा राज्यको विभिन्न तहबाट सहयोग हुनुपर्ने कार्यक्रममा अर्का साहित्यकार देव वस्न्यातले बताए । उनले भानुभक्तले संवाद गरेको तथा घाँसीबाट प्रेरणा पाएको र कुवा खनाएको घाँसीकुवा कहाँ हो ऐकिन गरिनुपर्ने बताए । 
साहित्यको विकासमा स्थानीय तहदेखि संघीय सरकारसम्मको प्राथमिकतामा पर्न नसक्नु दुखद् पक्ष भएको वस्न्यातको जोड थियो ।
कार्यक्रममा साहित्यकारहरु डा. लक्ष्मीकान्त चापागाई,  डा. रघुनाथ न्यौपाने, लेखक संघ केन्द्रीय पार्षद् प्रदिप घिमिरे , नारायण प्रसाद अधिकारी , भवानी खनाल , अमरराज नहर्की , लक्ष्मी लोहनी लगायतले रचना वाचन गर्दै राज्यको प्राथमिकता हुन नसक्नु दुखद् भएको बताए ।आफूहरुले साहित्यको विकासको लागि विभिन्न कार्यक्रम गर्दै आई रहेको नेपाली लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्कीले बताए ।

कार्यक्रममा नेपाली लेखक संघ तनहुँका संस्थापक अध्यक्ष कमलामोहन वाग्लेलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको नेपाली लेखक संघ तनहुँका उपाध्यक्ष कृष्णहरि गैह्ेले बताए । कार्यक्रमको सहजिकरण  सचिव अञ्जना तिमल्सेनाले गरेकी थिइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button