हेडलाईनसमाचारप्रदेश

इलाम २ मा भएको उपनिर्वाचन : कांग्रेसका डम्बर खड्काको अग्रता

प्रहार समाचार । इलाम, बैशाख १६ । प्रतिनिधि सभाको रिक्त एक सिटका लागि इलाम २ मा भएको उपनिर्वाचन अन्तर्गत जारी मतगणनामा कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन् ।

आइतवार दिउँसो सार्वजनिक भएको नतिजामा कांग्रेसका डम्बर खड्काले १ हजार १ सय ४५ मत पाएका छन् । 

नेकपा एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ प्राप्त गरेका छन् ।

तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ३११ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले २०९ मत प्राप्त गरेका छन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button