प्रहार समाचार । काठमाडौँ, माघ २५ बिहिवार । नेपालले एक दिवसीय क्रिकेटमा क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पार्न सफल भएको छ । जित संगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए ।

क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकिनन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएर नेपालको शान बढाउन सफल भएको छ ।


























