हेडलाईनसमाचारप्रदेश

“विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै हो”- राष्ट्रपति पौडेल

प्रहार समाचार ।काठमाडौँ , माघ २५ विहिवार । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् ।


मिनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिनेछ बताए । राष्ट्रपति पौडेलले भने-  “ राजनीतिलाई समाजसेवाको यही बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता हो, समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई पुरस्कृत  र सम्मान गर्दा भावी पुस्तालाई असल  काम गर्न उत्प्रेरित गर्नेछ, असल कामका लागि मानिसहरुलाई उत्प्रेरित गर्ने यस्ता कामहरुलाई यस संस्थाले निरन्तरता दिनेछ भन्ने पनि मैले विश्वास लिएको छु” ।

राष्ट्रपति पौडेलले स्वर्गीय मीनकुमारी लगायतको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गर्दै प्रतिष्ठानले मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्र, शिक्षा, स्वास्थ्य तथा खेलकुद लगायतका क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएकोमा खुशी व्यक्त गरे ।

सो अवसरमा राष्ट्रपति पौडेलले मिनकुमारी प्रजातन्त्र सेनानी सम्मान लोकतन्त्रवादी नेता लेखनाथ न्यौपाने, राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाल र राष्ट्रिय खेलकुद पुरस्कार प्रकाश थापा मगरलाई प्रदान गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button