हेडलाईनसमाचारप्रदेश

कान्तिपुर मिडिया ग्रुपसँग साझेदारी नगर्न पत्रकार महासंघको पत्र

प्रहार समाचार । काठमाडौँ, माघ २५ बिहिबार । पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसँग कुनै पनि साझेदारी कार्यक्रम नगर्न भन्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिवलाई जानकारी पत्र पठाएको छ।

कान्तिपुर दैनिकले नियमित तलब-सुविधा नदिएको र श्रमजीवी पत्रकार ऐन समेत लागू नगरी त्यहाँ कार्यरत पत्रकारको श्रम शोषण गरेको भन्दै ऊसँग कुनै पनि साझेदारीका कार्यक्रम नगर्न भनेको हो। कान्तिपुर मिडिया ग्रुपले गर्न लागेको ‘कान्तिपुर इम्प्लोयमेन्ट माइग्रेसन एन्ड रेमिट समिट २०२४’ को साझेदारका रूपमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र त्यस मातहत विभिन्न निकाय रहेकोप्रति गम्भीर चासो र चिन्ता रहेको भन्दै महासंघका सचिवले बुधबार उक्त पत्र पठाएका हुन्।

‘नेपाल सरकारले बनाएको कानुन उल्लंघन गर्दै श्रम शोषण गर्ने मिडियालाई नेपाली जनताबाट उठाएको कर पक्षपोषण गर्न होइन भन्ने हाम्रो ठहर छ,’ महासंघका सचिव गोविन्द चौलागाईंको हस्ताक्षर भएको उक्त पत्रमा भनिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button