हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

शहीद स्मृति दिवसको अवसरमा दमौलीको खुला चौरमा डस्बिन राखियो

प्रहार समाचार । माघ , २४ बुधवार ।
योङ कम्युनिष्ट लिग (वाईसिएल) व्यास नगर समितिद्धारा मंगलबार दमौली स्थित खुला चौरमा डस्बिन राखिएको छ ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएलले साउने पानी सामुहिक घटना तथा शहीद दिवसको अवसरमा १० वटा डस्बिन राखिएको हो ।


डस्बिन राख्ने कार्यक्रममा बोल्दै  माओवादी केन्द्र गण्डकी प्रदेशका सहसचिव अतिन्द्रकेशरी न्यौपानेले यस्ता कार्यक्रमले शहीदको योगदानबारे भावी पुस्तालाई जानकारी लिन टेवा पुग्ने बताए । साथै उनले जथाभावी फोहोर फाल्न हुँदैन भन्ने सन्देश प्रवाहको लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनु पर्ने बताए ।

कार्यक्रममा वाइसिल व्यास नगर समितिका अध्यक्ष श्रीकृष्ण बरालले दमौलीमा धेरै मानिसहरु घर भाडामा  बस्ने र सरकारी कामको लागि दमौली आएका व्यक्ति चउरमा आएर घाम ताप्ने तथा वालवालिका खेल्ने भएकाले तर फोहोर राख्ने उचित व्यवस्था नहुँदा चउरमा डस्बिन राखिएको बताए ।


कार्यक्रममा माओवादी केन्द्रका जिल्ला नेता रामचन्द्र सापकोटा, वाईसिएलका जिल्ला अध्यक्ष बादल आले लगायतले नगरको प्रतिष्ठाको लागि स्वच्छ र सफा हुनु आवश्यक भएकोले  यस्ता सिर्जनात्मक काम गरिनु जरुरी रहेको कुरामा जोड दिएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button