हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

प्रथम राष्ट्रिय दरै कप २०८० को उपाधि दुम्सी दरै समाज इकाईलाई

प्रहार समाचार । तनहुँ, माघ २० शनिवार । तनहुँको सदरमुकाम दमौलीमा रहेको विपि वन वाटिका खेल मैदानमा गत माघ १५ गतेबाट सञ्चालीत प्रथम राष्ट्रिय दरै कप २०८० को उपाधि व्यास १० मा रहेको दुम्सी दरै समाज इकाईले हात पार्न सफल भएको छ। उपाधि संगै इकाईले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

उप विजेता आयोजक दरै समाज तनहुँ हुन पुगेको छ। उप विजेता संगै दरै समाज टिमले नगद ५१ हजार १ सय ११ , ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो ।

हजारौं दर्शकहरुले खचाखच भरिएको दमौलीको खेल मैदानमा भएको शनिवार भएको फाइनल खेलमा दुबै टिम बाट निर्धारित समयमा कुनै पनि गोल नभएपछि खेल ट्राइवेकरमा पुगेको थियो । ट्राइवेकरमा दुम्सी दरै समाज इकाईले ५-४ ले विजय हुन सफल भएको हो ।

उक्त प्रतियोगितामा म्यान अफ द म्याच र उत्कृष्ट किपर दुम्सी दरै इकाईका खेलाडी सुरेश दरै भए । उनले नगद ४ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरि आयोजक टिम दरै समाजका पदम दरै उत्कृष्ट खेलाडी हुन सफल भए । यस सङ्गै उनले नगद दुई हजार मेडल र प्रमाणपत्र पाए । साथै उक्त प्रतियोगितामा सर्वाधिक ५ गोल गर्ने दुम्सी दरै समाज ईकाइका सनम दरै सर्वाधिक गोलकर्ता बने संगै नगद २ हजार मेडल र प्रमाणपत्र पाउन सफल भए ।


विजयी खेलाडीहरुलाई दरै समाजका केन्दीय उपाध्यक्ष चिजबहादुर दरै, पूर्व अध्यक्षहरु तमबहादुर दै, नेका तनहुँका उपसभापति देवकुमार श्रेष्ठ लगायतले संयुक्त रूपमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम दरैसमाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैको सभापतित्वमा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button