प्रहार समाचार । तनहुँ, माघ २० शनिबार । तनहुँको व्यास नगरपालिका -१ मा रहेको आदिकवि भानुभक्त क्याम्पसमा एम एड चौथो सेमेस्टरको समसामयिक मुद्दाहरू विषयक पाठ्यक्रमको प्रबोधिकरण कार्यक्रम सुरु भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिनको कार्यालयको आयोजना तथा आदिकवि भानुभक्त क्याम्पसको सहआयोजनामा उक्त कार्यक्रम हिजो शुक्रबार बाट सुरु भएको हो । उक्त कार्यक्रमको त्रिभुवन विश्वविद्यालयका डिन प्रा. डा. चित्रबहादुर बुढाथोकीले उद्घाटन नेपालको उच्च शिक्षामा समग्र सुधारका लागि स्नातकोत्तर तहको शिक्षाशास्त्र तर्फको अध्ययन अध्यापनको गुणस्तरमा सुधार ल्याउन पनि अति जरुरी भएको र पाठ्यक्रमलाई समसामयिक बनाउँदै यसको शिक्षण विधिलाई प्रभावकारी बनाएर योग्य जनशक्ति उत्पादन गर्नमा हामी आजैदेखि लाग्नुको विकल्प नभएको बताए ।

उक्त अवसरमा कार्यक्रमको औचित्यमाथि शिक्षाशास्त्र संकाय, शिक्षाको आधार विषयका विषय समितिका अध्यक्ष प्रा.डा. जनार्दन घिमिरे, क्याम्पसका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ , क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख डाक्टर रामकुमार अधिकारी,आदिकवि भानुभक्त माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गाना, क्याम्पसका सहायक क्याम्पस प्रमुख सागर पौडेल, बालकुमारी क्याम्पसका सहायक क्याम्पस प्रमुख अनन्त ढुङ्गाना, क्याम्पसका नेपाली विभागका प्रमुख डा. सुशील प्रसाद वाग्ले, मानविकी तथा समाजशास्त्र विभागका प्रमुख बिमल गिरी र शिक्षाशास्त्र विभागका प्रमुख गजेन्द्र पौडेल लगायत प्राध्यापक कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

पहिले दिनको कार्यक्रममा प्रा.डा. जनार्दन घिमिरे र सह-प्रा.डा. रविन्द्र शिवाकोटीको प्रशिक्षण तथा प्रबोधिकरण कार्यक्रम आज समापन हुने क्याम्पसले जनाएको छ। कार्यक्रममा गण्डकी, बागमती र लुम्बिनीका गरी २२ वटा एम एड सञ्चालन गर्दै आइरहेका क्याम्पसहरुका समसामयिक मुद्दाहरू विषयक अध्यापन गर्ने ३० जना प्राध्यापकहरूको सहभागिता रहेको छ।


























