प्रहार समाचार । माघ २० शनिवार । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा तनहुँमा एकको मृत्यू भएको छ।
जिल्लाको शुक्लागण्डकी वडा नं- ६ कुम्ले खालामा आज रातको समयमा करेन्ट लगाई माछा मार्ने गएका सल्यान शारदा नगरपालिका- १२ का हाल शुक्ला गण्डकी- ६ ओखले बस्ने २५ बर्षका सन्तोष डाँगी र शुक्ला -६ ओखले नै डेरा गरि बस्ने .२८ वर्षिय सन्तोष कुमाल मध्ये सन्तोष कुमाल लाई करेन्ट लागेको थियो ।

उनलाई तत्काल उपचारका लागि जि पि कोईराला श्वासप्रश्वास उपचारकेनद्रमा लगिएको र उपचारको क्रममा रातीको ३ बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले बताए । नदि र खोलाहरुमा अबैध रूपमा जोखिमयुक्त रूपमा करेन्ट लगाई माछा मार्ने क्रममा तनहुँ जिल्लामा धेरैको अकालमा ज्यान जाने गरेको छ।


























