व्यासहेडलाईनसमाचारगण्डकी

रास्वपाको व्यासनगर सभापतिमा चुडामणि दाहाल निर्वाचित

प्रहार समाचार । तनहुँ माघ२० शनिवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  व्यास नगरको सभापतिमा चुडामणि दाहाल निर्वाचित भएका छन् । शनिबार भएको भेलाबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिका लागि दाहाल र करुण काफ्लेबीच प्रतिस्पर्धा भएको थियो । आपसी समझदारीमा कुरा नमिलेपछि प्रजातान्त्रिक परिपाटी बमोजिम दुई जना बिच चुनाव हुन पुगेको थियो । चुनावी मत परिणाम अनुसार दाहालले ६६ र काफ्लेले १९ मत प्राप्त गरेका थिए । ९० मत खसेकामा ५ मत बदर भएको थियो ।

उपसभापतिमा सुशील पौडेल, सचिवमा नगेन्द्र ढुंगाना, कोषाध्यक्षमा अन्जु दाहाल चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा सिकन्दर बक्स, वीरबहादुर नेपाली, जगराम गुरुङ, गोविन्द श्रेष्ठ, मन्जु विक, लक्ष्मी प्रधान, कृति बानियॉ चयन भएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button