व्यासहेडलाईनसमाचारप्रदेश

तनहुँमा बिहिवार हल्का वर्षा :  उच्च पहाडी भूभागमा  हिमपात

प्रहार समाचार । तनहुँ, माघ १८ बिहिवार ।तनहुँमा बिहिवार हल्का वर्षा भएको छ ।  सदरमुकाम दमौली आसपासमा अपरान्ह हल्का वर्षा भएको हो । पश्चिमि वायुको प्रभावका कारण गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न भूभागमा आज वर्षा भएको  मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ।
बिहिवार विहानै देखि घुम्म बादल र तुवाँलोले आकाश ढाकिएकाले आज दिन भर घाम लागेन ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मध्यम वर्षासमेत भएको छ। मौसमविद मीनकुमार अर्यालका अनुसार डडेलधुरामा पछिल्लो २४ घन्टा ९ मिलिमिटर वर्षा भएको छ। दीपायलमा ११.३ मिलिमिटर, धनगढीमा ६.५ मिलिमिटर, विरेन्द्रनगर ४.२, जुम्ला २.४ मिलिमिटर वर्षा भएको छ। पश्चिम नेपालका अधिकांश उच्च पहाडी भूभागमा बिहानैदेखि हिमपात भएको छ।

जुम्ला, रूकुम, म्याग्दी, मुस्ताङ लगायतका जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको उनले बताए।
मौसमविद् अर्यालले हिउँदे वर्षाको प्रणाली सक्रिय भएको जानकारी दिए। तर यसपालिको प्रणाली कमजोर रहेको उनले बताए। यो प्रणाली काठमाडौंसम्म आइपुग्दा कमजोर हुने भएकाले काठमाडौंमा पानी पर्ने सम्भावना न्यून रहेको अर्यालले जानकारी दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button