हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

सरकारी जग्गा हिनामिनामा अर्बपति एवं सांसद विनोद चौधरी पनि तानिए : पक्राउ गर्न खोजी कार्य जारी

प्रहार समाचार । काठमाडौँ, माघ १८ बिहिवार ।सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत ठूलो परिमाणमा जग्गा हडपेको विषय बाहिर आएको छ । विनोद चौधरीलाई समेत पक्राउ गर्न खोजी कार्य जारी रहेको सीआईबी उच्च स्रोतले बतायो ।अरुण चौधरी मात्र हैन, विनोद चौधरीकै नाममा पनि २ हजार कित्ता सरकारी जग्गा भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सरकारी जग्गा हिनामिना गर्ने कसैलाई नछाड्नू भन्ने आदेश छ । सीआईबीले विनोद चौधरीलाई पनि खोजिरहेको छ । उनी उम्किने ठाउँ छैन ।’

पञ्चायतकालदेखि नै जग्गा हिनामिना गरेको पाइएको प्रहरीले उच्च स्रोतले बतायो । ‘२०४२ सालमा पञ्चायतको पालादेखि प्रजातन्त्रकालसम्म उनीहरूले सरकारी जग्गा हडपेको पाइयो,’ प्रहरी स्रोतले थप्यो । चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ । विनोद चौधरीले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘थोरै होइन, २ हजार कित्ता सरकारी जग्गा हडपेको पाइयो, सरकारी जग्गा हडप्ने कसैलाई उम्किन नदिनू भन्ने गृहमन्त्रीको निर्देशनानुसार छानबिन गरिरहेका छौं,’ प्रहरी स्रोतले भन्यो । 
पञ्चायतको समयमा दरबारलाई प्रभाव पारेर र बहुदल तथा गणतन्त्रको समयमा राजनीतिक दलका नेतालाई प्रभावमा पारेर चौधरी समूहले सरकारी जग्गा हडप्दै आएको थियो ।

यसै बिच काठमाडौंको बाँसबारीस्थित छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा मा पक्राउ परेका उद्योगी अरुण चौधरी र उनका व्यापारिक साझेदार अजितनारायण सिंह थापालाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लागिएको छ । बिहीवार अपराह्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई लाजिम्पाटस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो भने सिंहलाई बत्तीसपुतलीबाट पक्राउ गरेको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका अरुण चौधरी ग्रुपका सदस्य हुन् । चौधरीलगायतको समूहले बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो नाममा ल्याएका थिए ।

प्रहरीले यस विषयमा छानबिन शुरू गरेको थाहा पाएपछि उनी विदेश बस्दै आएका थिए । उनलाई लाजिम्पाटस्थित निवासबाटै दिउँसो करिब १ बजे पक्राउ गरिएको हो । थापालाई भने फलफूल किन्न निस्किएको बेला पक्राउ गरिएको थियो । थापा अहिले अरुण चौधरीका व्यापारिक साझेदार समेत हुन् । – लोकान्तर


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button