प्रहार समाचार । तनहुँ, माघ १८ बिहिवार । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा गण्डकी प्रदेश भरिका ८५ वटा पालिका मध्ये ८२ वटा पालिकाको नतिजामा म्याग्दे गाँउपालिका प्रदेशको नै पहिलो पालिका वनेको छ ।
स्याङजाको अर्जुनचौपारीले दोश्रो र तनहुँको आवुखैरेनी गाँउपालिकाले तेश्रो स्थान बताइएको छ । लिजामा सार्वजनिक गरिएको आर्थिक वर्ष ०७९।८० को नतिजा अनुसार म्याग्दे गााउपालिका प्रदेशमा नै ९४.५ अंक प्राप्त गरि पहिलो बनेको हो ।

विभिन्न १० वटा शिर्षकमा मुल्याङकनमा म्याग्दे गाँउपालिकाले शासकीय प्रवन्धमा ९ अंक , संगठन तथा प्रशासनमा ८ , वार्षिक वजेट तथा योजना व्यवस्थापनमा ११ , वित्तिय तथा आर्थिक व्यवस्थापनमा ११ , सेवा प्रवाहमा १५, न्यायिक कार्य सम्पादनमा ६.५, भौतिक पुर्वाधारमा ११.५, सामाजिक समावेशीकरणमा ९.५, वातावरण संरक्षण् तथा विपद व्यवस्थापनमा ८.२५ र सहकार्य र समन्वयमा ४.७५ अंक गरि कुल ९४.५ प्राप्त गरि गण्डकी प्रदेशमा नै पहिलो पालिका बन्न सफल भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले प्रहार समाचारलाई जानकारी दिए ।

लिजामा प्रकाशित नतिजा अनुसार म्याग्दे गाँउपालिकाले समग्र स्थितीमा ९७.६२ प्रतिशत, प्रक्रियागत स्थितीमा ९५.५९ प्रतिशत र परिमाणात्मक स्थितीमा ९२.२२ प्रतिशत नतिजा प्राप्त गरेको छ ।

पालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन र वार्षिक वजेट तथा योजना व्यवस्थापनमा शतप्रतिशत नतिजा निकालेको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठ यस नतिजाले थप जिम्मेवारी र अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने जिम्मेवारी थपिएको बताए ।


























