हेडलाईनसमाचारबागमती

निलम्बित जिल्ला न्यायाधीश गिरीविरूद्ध  मुद्दामा उच्च अदालतले मिसिल झिकाउने आदेश

प्रहार समाचार । काठमाडौँ, माघ १७ बुधवार। सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरूद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ।

बुधबार कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिसिल झिकाउने आदेश गरेको हो। रूपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरूद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो।

उक्त विवादमा काठमाडौं जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो। सोही आदेशविरूद्ध उनकी श्रीमतीले उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन्। उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालत पुगेकी हुन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button