प्रहार समाचार । तनहुँ, माघ ११ बिहिबार । अपाङ्गताको क्षेत्रमा लामो समयदेखि कार्यरत रिसेड तनहुका अध्यक्ष पदम परियार राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् ।
गण्डकी प्रदेशको तर्फबाट नेपाली कांग्रेस को तर्कबाट तथा अपांग र दलितको कोटाबाट परियार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन ।सत्तारुढ गठबन्धनबाट विजयी तनहुँको व्यास- १ निवासी परियारले ३ हजार ७ सय ७४ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्धन्दी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाएका थिए।

उता नेकपा माओवादी केन्द्रकी नेतृ मनरुपा शर्मा राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छन् । गण्डकी प्रदेशबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटालाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।

निर्वाचनमा मनरुपाले ३ हजार ६ सय ६० मतभारका साथ विजयी भएकी हुन् । उनकी निकटतम् प्रत्यासी एमालेकी देवकोटाले २ हजार ५ सय ५३ मतभार प्राप्त गरेकी छन्यस्तै, अन्यबाट किरणबाबु श्रेष्ठ विजयी भएका छन् । उनले ३ हजार ८ सय ८ मतभार पाएर विजयी भएका हुन् । विजयी तीन उम्मेद्वार नै सत्ता गठवन्धनबाट निर्वाचन लडेका थिए ।


























