प्रहार समाचार । माघ १२ शुक्रबार ।आईसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज अफगानिस्तानविरुद्ध खेल्दै छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने दुई टिमबीचको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजेदेखि शुरू हुनेछ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । किनभने विजेताले सुपर सिक्स चरणमा स्थान पक्का गर्नेछ ।

यसअघिका दुवै खेलमा पराजित नेपाललाई सुपर सिक्समा प्रवेश गर्न आज जित्नैपर्नै दबाब छ । नेपाल यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँगर दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तानलाई पनि नेपालजस्तै जित्नै पर्ने दबाब छ । अफगानिस्तानले पनि यसअघि पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजय व्यहोरेको थियो । विश्वकप क्रिकेटमा नेपाल र अफगानिस्तानको यो पहिलो भेट हो ।


























