हेडलाईनसमाचारबन्दीपुरगण्डकी

मोटरसाईकलको प्रयोगात्मक परिक्षाका नक्कली परीक्षार्थी पक्राउ

प्रहार समाचार। तनहुँ, माघ ११  बिहिबार।यातायात व्यवस्था कार्यालय  बन्दीपुर -४ बिमल नगरमा मोटरसाईकलको प्रयोगात्मका परिक्षा दिने गरेको रहस्य खुलेको छ। बुधबार प्रहरीले नक्कली परिक्षार्थीलाई  पक्राउ गरे पछि यस अगाडीका परिक्षामा समेत ठूलो संख्यामा नक्कली परीक्षार्थीहरु सामेल भएको आशंका गरिएको छ । यसकार्यमा स्वयं यातायात व्यवस्था कार्यालयका कर्मचारी हरुको त मिलेमतो छैन भन्ने गम्भिर प्रश्न खडा भएको छ ।

  कार्यालयमा सञ्चालन भईरहेको मोटरसाईकलको प्रयोगात्मक परिक्षामा भानु नगरपालिका–४ बस्ने बर्ष ३५ को सुरेश थापा मगरको नाममा परिक्षा दिने सोही ठाउँका बर्ष ३० को पुर्ण थापा मगरलाई पक्राउ परेपछि ठूलो आशंका जन्मिएको छ ।


जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँड किर्ते सही छाप गरी प्रयोगात्मक परिक्षामा सहभागी भएको अवस्थामा थापालाई फेला पारिएको  बताए ।
पुर्णलाई पक्राउ गरी निज उपर किर्ते सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट  पाँच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button