हेडलाईनसमाचारविजनेसप्रदेश

सुनको मूल्य घट्यो

प्रहार समाचार । काठमाडौँ, माघ ११ बिहिबार । बिहीबार सुनकाे मूल्य घटेकाे छ। लगातार चार दिनसम्म स्थिर रहेकाे सुनको मूल्य आज घटेकाे हाे। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबारसम्म छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको थियाे।आज तेजावी सुन भने प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।  

महासंघका अनुसार बिहीबार चाँदी भने प्रतितोला २० रूपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज १४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार १६ अमेरिकी डलरमा कारोबार भइरहको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button