प्रहार समाचार । काठमाडौ, माघ ९ मंगलबार । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जस्काकारण जल तथा तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । चिसोका कारण जनजिवन प्रभावित हुन पुगेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने उल्लेख छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताइको छ ।


























