प्रहार समाचार । काठमाडौँ, मंसिर ११ सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतान्त्रिक गणतन्त्र र समाजवाद बिरुद् द्ध केहि तत्वहरुले भ्रम फैलाउने प्रयास गरेको बताएका छन् ।
छैठौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सोमबार उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख राज्यव्यवस्थाविरुद्ध भ्रम फैलाउने र अराजकता फैलाउने प्रयास भएका छन् ।
मुलुकलाई गणतान्त्रिक व्यवस्थामा ल्याउन भूमिका खेलेका राजनीतिक दल र नेताहरू मिलेर अगाडि बढ्ने प्रधानमन्त्रीले बताए।उनले भने, ‘यो परिवर्तनकावाहक दल, नेता, संघसंस्था, बुद्धिजिवी, नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रका व्यक्तित्व रहेसम्म इतिहास पछाडि फर्किन्न, अगाडि नै बढ्छ ।’
प्रधानमन्त्री दाहालले अर्थतन्त्रका समस्या समाधान गर्नका लागि सरकारले राजनीतिक दल, अर्थविद्, निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर छलफल गरिएको बताए । उनले थपे, ‘लघुवित्त, सहकारी, बैंक तथा सुकुम्बासी, स्वबासी र अव्यवस्स्थित बसोबासको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाउन सर्कुलर गरेको बताउँदै छिट्टै सबै समस्याहरू हल हुँदै जाने बताए ।






















