हेडलाईनसमाचारप्रदेश

उपरथी अशोकराज सिग्देल  प्रधानसेनापतिको लाइनमा

प्रहार समाचार | काठमाडौँ, मंसिर ८ शुक्रबार ।
रिक रहेको नेपाली सेनाको प्रधानसेनापति मा ( रथी ) पदमा उपरथी अशोकराज सिग्देल लाईनमा रहेका छन्। सिग्देलको नाम प्रधानसेनापतिका लागि  सैनिक मुख्यालयमा शुक्रबार बसेको सेनाको बढुवा सिफारिस गर्ने निर्णय गर्दै भावी प्रधानसेनापतिको लाइनमा राखेको हो ।

  

सेनाले रथी सीताराम खड्काको अध्यक्षतामा बढुवा समिति गठन गरेको थियो । बलाधिकृतरथी सरोजप्रताप राणाले अवकाश पाएपछि उनको वरीयतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको भए पनि उनको उमेर विवाद देखिएपछि राजीनामा दिएर बाहिरिएका थिए । 

उनको राजीनामा गत मन्त्रिपपरिषद् बैठकले स्वीकृत गरेपछि सिग्देलको बढुवा प्रक्रियाका लागि सिफासिस गरिएको हो । सैनिक मुख्यालयले सिग्देलकोसमेत व्यक्तिगत विवरण छानबिनपछि बढुवा प्रक्रिया अघि बढाएको दाबी गरिएको छ । नेपाली सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त रहेको छ । 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button