हेडलाईनसमाचारगण्डकी

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा : मंगलबार लुम्बिनी जाने

प्रहार समाचार । पोखरा, कार्तिक १३ सोमबार । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज पोखरा आइपुगेका छन् ।


उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य लगायतले स्वागत गरे । उनी विमानस्थलबाट लेकसाइडको फिस्टेल रिसोर्टमा बास बस्न पुगेका छन् ।

मंगलबार बिहान ६:३० बजे उनी सेनाकै हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर जाने कार्यतालिका रहेको छ। आधार शिविरमा उनले जलवायु परिवर्तनले स्थानीयको दैनिक जीविकोपार्जनमा पारेको असरबारे  स्थानीयको समस्या सुन्ने छन् ।

उनलाई कास्कीको अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयले स्वागत गर्नेछन् । गोटरेसलाई स्वागत गर्न आधार शिविरमा छुट्टै हेलिप्याड बनाइएको छ । पोखराबाट हेलिकप्टरमा कार्पेट पुर्याइएको छ । मंगलबार उनी आधारशिविरबाट फर्किएर  पत्रकार भेटघाटमा सरिकभई  मंगलबार नै लुम्बिनी जाने तालिका रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button