समाचारसाहित्यबागमती

यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासका सर्जक सुवेदीलाई

प्रहार समाचार | काठमाडौँ , कार्तिक १३ ।

‘ मनु’ उपन्यासले यस वर्षको पद्मश्री साहित्यिक पुरस्कार प्राप्त गरेको छ ।

हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले स्थापना गरेको यो पुरस्कारबाट मनु उपन्यासका सर्जक  देवीप्रसाद सुवेदी लाई प्रदान गरिएको हो।

राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानले पुरस्कार प्रदान गरेको हो । गत वर्ष प्रकाशितमध्ये प्रतिष्ठानलाई प्राप्त १ सय ८० पुस्तकबाट १५ कृतिको सर्ट लिस्ट तयार पारिएको थियो । त्यसपछि अन्तिम पाँच पुस्तकको सूची सार्वजनिक गरिएको थियो । यसमध्येबाट ‘मनु’ उपन्यासलाई उत्कृष्ट साहित्यिक कृतिका रूपमा घोषणा गरिएको हो । त्यस्तै, प्रतिष्ठानले शिक्षाविद् एवं काठमाडौं विश्वविद्यालयका संस्थापक सुरेशराज शर्मालाई पद्मश्री गौरव र कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई पद्मश्री साधना प्रदान गरिएको छ ।

प्रतिष्ठानले २०६३ सालदेखि निर्णायक मण्डलको छनोटका आधारमा साहित्यिक पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानले प्रत्येक वर्ष लामो समयदेखि समाजमा योगदान पुर्‍याएका व्यक्तित्वलाई पद्मश्री गौरव र कला क्षेत्रमा सक्रिय योगदान पुर्‍याएकालाई पद्मश्री साधना पुरस्कार प्रदान गर्दै आएको छ । साहित्यिक पुरस्कार, पद्मश्री गौरव र पद्मश्री साधना गरी तीनवटै पुरस्कारको राशि तीन–तीन लाख रुपैयाँ रहेको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले राष्ट्रको विकासमा साहित्यिक उचाइको समेत उत्तिकै महत्त्व रहने बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button