प्रहार समाचार | काठमाडौं, कार्तिक १३ सोमबार ।
आजदेखि काठमाडौमा आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसिया छनोट खेलसुरू हुँदैछ।
यस खेलम ८ देश सहभागी छन्। ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, सिंगापुर, ओमान र मलेसिया समूह ‘ए’ मा छन् । युएई, बहराइन, हङकङ र कुवेत भने समूह ‘बी’मा छन्।
समूह ‘ए’ का सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाइने छ भने समूह ‘बी’का सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइने छ।
आज समूह ‘ए’ र ‘बी’ का एक/एक खेल हुँदैछ।
समूह ‘ए’बाट नेपाल र सिंगापुरले पहिलो खेल हुँदैछ। कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।
समूह ‘बी’ बाट युएई र बहराइन पनि बिहान ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा खेल्नेछन्।
एसिया कप, एसियाली खेलकुद र भर्खरै त्रिदेशीय टी-२० सिरिजमा गरेको प्रदर्शनबाट नेपाल यसपालि विश्वकपमा छनोट हुने सम्भावना बलियो रहेको आकलन गरिएको छ।
नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले यसपालि नेपालले बलियो आत्मविश्वासका साथ खेल्ने बताएका छन् ।
























